काठमाडौं- नेपालको पहिलो डिजिटल वालेट आइएमई पेले असोज ३ र ४ गते सञ्चालन हुने अल्टिमा अनलाईन मेला” मा “एकको डबल” अफर सार्वजनिक गरेको छ । अल्टिमाले आफ्नो वेबसाइट को लन्चको अवसरलाई लक्षित गर्दै सन्चालन गर्ने “अल्टिमा अनलाईन मेला” मा बिहान ९ देखी ११ सम्म र साझ ६ बजे देखी राती ८ बजे सम्म एउटा अल्टिमा अटोम ५२० वा अल्टिमा अटोम ३२० एयरवड्स खरिद गर्ने ५०० जना सेवाग्राहीलाई अर्को एयरबड निशुल्क प्रदान गर्ने व्यबस्था गरेको छ ।
साथै अन्य अल्टिमाका नबमनभतक हरुमा आइएमई पे मार्फत भुक्तानी गर्दा २५ प्रतिशत छुट प्राप्त हुने छ । अल्टिमासँगको रणनीतिक साझेदारीलाई नयाँ उचाई सम्म लैजान तथा ग्राहक वर्गलाई डिजिटल कारोबार गर्नलाई थप प्रोत्साहन गर्न यो अफर ल्याइएको जानकारी आइएमई पेले का सीइओ प्रविन रेग्मीले दिएका छन् ।
आइएमई पे को बारेमा :
नेपालको पहिलो भुक्तानी सेवा प्रदायक आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्द्धिधत ’आइएमई पे’ मोबाइल वालेट एप अन्तर्गतको विद्युतीय भुक्तानी सेवा प्रदायक हो । नेपाल राष्ट्र बैंकको भुक्तानी तथा फर्छ्यौट विनियमावली– २०७२ बमोजिम ’आइएमई डिजिटल’ दूरसञ्चार सञ्जालको माध्यमबाट मोबाइल वालेट सेवा प्रदान गर्ने पहिलो कम्पनी हो ।
आइएमई पे मोबाइल वालेट मार्फत सेवाग्राही आफैले अथवा एजेन्टहरुको मार्फत विभिन्न किसिमको भुक्तानी कार्यहरू गर्न सक्नेछन् । यसले व्यक्ति–व्यक्ति बीचमा हुने सामान्य रकम ट्रान्सफर गर्ने सुविधा देखि लिएर विभिन्न अनलाइन तथा स्थलगत स्टोरहरूमा क्यु आर स्क्यान गरी भुक्तान गर्ने, मोबाइल रिचार्ज गर्ने र विभिन्न घरायसी तथा कार्यालयका बिलहरू भुक्तान गर्न मिल्ने सेवा समेत प्रदान गर्दै आइरहेको छ ।
यस मोबाइल वालेटमा ब्याज तथा विभिन्न क्यासब्याकहरूको पनि सुविधा उपलब्ध छ । आइएमई डिजिटल सोलुसन लिमिटेडले बैंकिङ सुविधाबाट वञ्चित नेपाली तथा न्यून बैंकिङ सुविधा प्राप्त सम्पूर्ण सर्वसाधारण जनतालाई वित्तीय सेवाहरूको पहुँच उपलब्ध गराएर नेपालको वित्तीय समावेशीकरणमा योगदान पुर्याउने लक्ष्य लिएको छ । २० लाखभन्दा बढी ग्राहकहरूलाई सिधै मोबाइल वालेट एप तथा एजेन्टहरू मार्फत आइएमई पेले विद्युतीय भुक्तानी सेवा प्रदान गर्न सफल भएको छ ।