काठमाडौं- माछापुच्छ्रे बैंकले आगामी असोज १८ गते बिहीबारका दिन वार्षिक साधारण सभा गर्ने निर्णय गरेको छ । माछापुच्छ्रे बैंक आर्थिक बर्ष २०७९/८० मा साधारण सभा घोषणा गर्ने पहिलो बैंक बनेको हो ।
बैंकको शेयरधनीहरुलाई गत आ.व.को मुनाफबाट एक अर्ब ३६ करोड ४२ लाख एक हजार छ सय ९२ रुपैंयाँ ( चुक्ता पुँजीको १३ दशमलव ३० प्रतिशत) बोनस शेयर र सात करोड १८ लाख ८९ रुपैंयाँ ( चुक्ता पुँजीको शुन्य दशमलव ७० प्रतिशत) नगद लाभांश कर प्रयोजनको लागि गरेर जम्मा कर सहित १४ प्रतिशत लाभांश वितरण गर्न नेपाल राष्ट्र बैंकले स्वीकृत प्रदान गरे संग यही भदौ २६ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले उपरोक्त मितिमा वार्षिक साधारण सभा गर्ने निर्णय गरेको हो । उक्त लाभांश बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरे पश्चात वितरण हुनेछ ।
बैंकले गत आर्थिक वर्षमा एक अर्ब ६२ करोड ५५ लाख रुपैंया खुद नाफा गरेर प्रतिशेयर आम्दानी १५ रुपैंया ८५ पैसा कायम गरेको थियो । बैंकको चुुक्ता पूँजी १० अर्ब २५ करोड रुपैया तथा साधारण जगेडा कोषमा दुई अर्ब ६९ करोड रुपैया संचित छ । हरेक क्षेत्र र वर्गका ग्राहकलाई सरल र सहज बैंकिङ्ग सेवा पुर्याउने उद्धेश्यका साथ बैंकले देशका सात वटै प्रदेशमा एक सय ६५ वटा शाखा, १२ एक्सटेन्सन काउन्टर, एक सय ३० शाखारहित बैंकिङ्ग सेवा, दुई सय दुई वटा एटिएम मार्फत १५ लाख भन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।