शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

इको कनेक्सन बचत तथा ऋण सहकारीको बार्षिक साधारण सभा सम्पन्न

बुधबार, भाद्र २७ २०८०

काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर सात स्थित नबदुर्गा टोलको प्राङ्गणमा हिजो सोमबार इको कनेक्सन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १४औं बार्सिक साधारण सभा सम्पन्न भएको छ।

कार्यक्रममा अतिथिहरुलाई संस्थाका संचालक समिती सदस्य सुचमा थोकर र सेयर सदस्य मोनिका खुलालद्वारा खादा र ब्याज बितरण गरेका थिए। यसैगरी संस्थाका संचालक समिती सदस्य यसोदा थापाले कार्यक्रममा स्वागत मन्तब्य राखेकी थिइन् ।

पानसमा बत्तीबालेर उद्घाटन गरिएको कार्यक्रममा प्रमुख अथिती कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर सातका वडाअध्यक्ष भिमसेन थापा,कार्यक्रमको सभापति इको कनेक्सन बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष सिताराम तिमल्सिना, विशिष्ट अतिथीहरुमा न्यायाधीश पर्शुराम भट्टराई र जिल्ला सहकारी संघ काठमाडौंका सचिव बालकुमार बास्तोला, अतिथिहरु नवदुर्गा टोल सुधार समितीका अध्यक्ष गोबिन्दबहादुर भट्टराई, भक्तपुर जिल्लाका साहायक जिल्ला अधिकारी डोेलेन्द्र निरौला,प्रेमनगर महिला सहयोगी संघस्थाका अध्यक्ष बाबा बस्नेत,उधोग बाणिज्य संघ लालबन्दी सर्लाहीका बरिस्ठ उपाध्यक्ष पुर्ण प्रसाद चौलागाईं,समाजसेवी कर्ण कटुवाल, यसै संस्थाका बरिस्ठ सल्लाहकार कृष्ण प्रसाद भण्डारी लगाएतले आ-आफ्नो धारणा ब्यक्त गरेका थिए ।

साधारण सभाको शुभ अवसर पारेर कार्यक्रममा नियमित बाल बचत गर्ने सिखा रायमाझी ,नियमित बचतकर्ता बर्षा खत्री,अवाधिक बचतकर्ता दिनानाथ फुयाल ,असल ऋणि रमेशजी,जेष्ठ नागरिक बचतकर्ता ९३ बर्षिय पदमबहादुर बस्नेत ,एकल महिला तथा वृद्ध बचतकर्ता रुद्रमाया आचार्य कार्यालय रहेको घरधनी रत्नमाया बस्नेतलाई प्रमुख अतिथीद्वारा पुरस्कार तथा सम्मान प्रदान गरिएको थियो।

ब्यस्त समयका कारण संस्थालाई समय दिन नसक्ने भन्दै संचालक समितिमा रहेका कोषाध्यक्ष, सदस्य र लेखा समितीका सदस्यले संचालक समितिमा दिएको राजीनामा स्वीकृत गरि साधारण सभाबाट पास गरेको थियो।

तत्पश्चात रिक्त स्थानमा कोषाध्यक्षमा बिष्णु सुबेदी, सदस्यमा प्रमिला लामा थोकर र लेखा समिती सद्स्यमा मोनिका दाहाललाई साधारण सभाबाट सर्बसम्मत रुपमा चयन गरिएको थियो। कार्यक्रमको संचालन दुर्गा प्रसाद चौलागाईंले गरेका थिए।