काठमाडौं – हरितालिका तिज २०८० को सन्दर्भ पारेर शनिबार कुटुम्ब बचत तथा ऋण सहकारी संस्था लिमिटेडले लोटस पार्टी प्यालेस महादेवस्थान कोटेश्वरमा महिला सदस्यहरुको लागि महिला स्वास्थ्य सचेतना तथा तिज बिशेष कार्यक्रम सम्पन्न गरेको छ ।
अल्का अस्पतालमा कार्यरत स्त्री रोग बिषेशज्ञ डा. निस्मा बज्राचार्यले महिला प्रजनन् स्वास्थ्य पाठेघरको समस्या तथा स्तन क्यान्सर सम्बन्धि बिषयमा चेतनामुलक जानकारी दिएकी थिइन भने पाटन अस्पतालमा कार्यरत नर्स मिना कार्कीले महिला हरुले आफ्नो स्वास्थ्य प्रति सचेत हुदै समाजमा आफ्नो पहिचान कायम गर्न अघि बढनु पर्ने बताइन् सहभागी महिला सदस्यहरुले आ आफ्नो समस्याको बारेमा राखेका जिज्ञासा डा। निस्मा बज्राचार्यल सम्बोधन गरेकी थिइन ।
कार्यक्रममा लायन्स तथा लियो क्ल्ब अफ अल्का तथा अल्का अस्पतालले सहभागीहरुको स्वास्थ्य परिक्षण, रक्तचाप तथा मध्ुमेह परिक्षण तथा विविध स्थास्थ्य सचेतना सम्बन्धि गतिविधि गरी सहयोग गरेको थियो । साथै महिला सदस्यहरुले यस्तो महत्वपुर्ण कार्यक्रम आयोजना गरेकोमा कुटुम्ब साकोसलाई धन्यवाद दिँदै हरीतालिका तिजको अवसरमा विविध सांकृतिक कार्यक्रममार्फत सहकारीमा बचत तथा महिलाको भुमिका विषयमा प्रस्तुति राख्दै शुभकामना आदानप्रदान गरी तिज बिशेष कार्यक्रम मनाएका थिए ।
कार्यक्रमको अध्यक्षता संस्थाकी महिला सशक्तिकरण उपसमितिका संयोजक यशोदा पौडेलले गरेकी थिइन भने संस्थाका अध्यक्ष सुदीप कुमार खनालले शुभकामना दिएका थिए ।


