काठमाडौं – बाँके जिल्लाको जानकी गाउँपालिका ५ गहनापुरबाट भाद्र १८ गते सशस्त्र प्रहरीले करीव २१ हजार रुपैयाँ बराबरको दाउरा लोड गरिएको ट्याक्टरसहित जानकी गाउँपालिका ४ बस्ने ३० वर्षिय ट्याक्टर चालक हिक्मत अलिलाई नियन्त्रणमा लिएको छ ।
भे २ त ५०१४ नम्बरको ट्याक्टरमा लोड गरी राखेको दाउरासहित उनलाई बिओपी जयसपुर बाँकेले नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिइएका अलिलाई बरामद दाउरा तथा ट्याक्टरसहित आवश्यक कारवाहीको लागि जिल्ला डिभिजन वन कार्यालय बाँकेमा बुझाईएको छ ।