शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

नेपाली सेना

बेपत्ता सेनाका मेजरको घरेलु समस्या के थियो?

मंगलबार, भाद्र १९ २०८०

काठमाडौं– डोल्पाको नन्दबक्स गुल्मपति नेपाली सेनाका मेजर बिमल पण्डित हराएको १० दिन बित्यो, भेटिएका छैनन्। उनको घरेलु समस्याका कारण हुन सक्ने अनुमान गरिएको छ।

सेनाको टोली र प्रहरी लगायतले पनि उनलाई भेट्न सकेको छैन। तर, उनको घरेलु समस्या रहेको भन्ने अनुमानचाहिँ गर्न सकिने कारण फेला परेको छ।

स्थानीय नगेन्द्र बस्नेतले चलाउने भाडाको जिपमा चढेर उनी त्रिपुराकोट पुगेको खुलेको छ। बस्नेतले मेजर पण्डितलाई त्रिपुराकोटसम्म पुराएर फर्किएको विषयमा मिडियासँग कुराकानी गरेको अडिओ संवादले केही कुरा खुल्ने संकेत गर्छ।

संवादका क्रममा मेजर पण्डितलाई केही समयमा नै उनी कार्यरत रहेको नन्दबक्स गुल्मको सेनाको टोलीले पिछा गरेको पनि खुलेको छ। यो विषय बस्नेतले बताइसकेका छन्।

मेजर पण्डित जिपमा जाने क्रममा दुई पटक फोनमा ब्यस्त भएको र एक पटक ‘त्यो अडिओ मेरो होइन म मिलाउँछु’ भन्ने एकतर्फी संवाद सुनेको बस्नेतले बताएका छन्। त्रिपुराकोट बजार जाने क्रममा एक ठाउँमा गाडी रोकी मेजर पण्डितले पहरोतिर हेरेको पनि बस्नेतले जानकारी दिएका छन्।

मेजर पण्डितले फोन बैंकिङमार्फत जिप भाडा तिरेको पत्ता लागेपछि थप विवरण संकलन गर्न सुरक्षा निकायको टोली खटेको छ। जिप मालिकसँग सम्पर्क गरी उनीबारेको विवरण निकाल्न थालिएको छ।