काठमाडौँ । नेकपा एकीकृत समाजवादीका नेता एवम् प्रतिनिधिसभा सदस्य मेटमणी चौधरी कालोसूचीमा परेका छन् ।
पाँच लाख रुपैयाँको एभरेष्ट बैंकको चेक काटेर एक व्यक्तिलाई दिएको चेक नसाटिएपछि उनलाई कर्जा सूचना केन्द्रले कालोसूचीमा राखेको हो ।
चौधरी साउन १५ गतेदेखि कालोसूचीमा परेका हुन् । रिक्वेस्ट आइडी २८२४ ले उजुरी हालेपछि चौधरी कर्जा सूचना केन्द्रको कालोसूचीमा परेका हुन् ।
पूर्वमन्त्रीसमेत रहेका चौधरी कालोसूचीमा परेसँगै हाल उनका सबै बैङ्क खाता रोक्का भएका छन् ।