काठमाडौं – रिलायवल नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले कारोबार सुरु गरेको छ बर्ष पुरा गरेको छ । जीवन बीमा कारोवार शुरु गरेको ६ वर्ष पुरा गरी सातौं वर्षमा प्रवेश गरेको उपलक्ष्यमा कम्पनी प्रति विश्वास गरी बीमालेख खरिद गर्ने करिव ७० लाख बीमितहरु, कम्पनीको पहुँचलाई दुर दराज सम्म पु¥याउन अहं भूमिका खेल्ने रिलायबल एडभाइजरी ग्रुप ,नियमनकारी निकायहरु, लगनिकर्ताहरु, अहोरात्र कामप्रति समर्पित कर्मचारी वर्गहरु, पत्रकारहरु लगायत समस्त सरोकारवालाहरुलाई निकायहरुलाई कम्पनीले धन्यवाद ज्ञापन गरेको छ ।
हाल सम्मको उपलब्धीवाट हामिलाई थप कार्य गर्नको लागी उर्जा प्राप्त भएको छ भने भविष्यमा अझ ठुलो जिम्मेवारी वहन गर्नको लागी थप प्रेरणा प्राप्त हुने अपेक्षाका साथ समस्त स्टेक होल्डर्स वाट थप सहयोग तथा विश्वास प्राप्त हुने अपेक्षा पनि कम्पनीले गरेको छ । अगाडि दिनमा हामी सेवालाई उच्च प्राथमिकता राखी, थप ग्राहकमैत्री भई उत्कृष्ठ कारोवार गर्ने प्रतिवद्धता व्यक्त गरेको छ ।
कम्पनीले केन्द्रीय कार्यालय बुटवल, दमक शाखाहरुमा रक्तदान, समता गुठीलाई नगद सहयोग, मन्दिर सर—सफाई, विभिन्न वृद्घआश्रममा खाध्य सामाग्रीहरु वितरण, विद्यालयमा स्टेस्नरी सामन वितरण, वृक्षारोपण गरी सातै प्रदेशमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कार्यगरी वार्षिक उत्सव हर्सोउल्लासरुपमा मनाएको छ । यस कार्यमा कर्मचारी एवं बीमा अभिकर्ताहरुको सकृय सहभागिता रहेको कम्पनीको भनाई छ ।