शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

बालिका बलात्कार आराेपमा एकजना पक्राउ

शुक्रबार, भाद्र १५ २०८०

रुकुम पश्चिम । बालिका बरजस्ती करणी गरेको अभियोगमा रुकुम पश्चिम आठबिसकोट नगरपालिका-६ बस्ने २१ वर्षीय चिरन्जिबी बोहरालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उनलाई १३ वर्षीया बालिकालाई करणी गरेकाे आराेप छ ।

बोहराले ती बालिकालाई त्रिपुरासुन्दरी नगरपालिका-१ बगरस्थित घरमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी त्रिपुराकोटबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।