शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

कामना सेवा विकास बैंक र हिमालयन जाभा कफीबिच मर्चेन्ट सम्झौता

मंगलबार, भाद्र १२ २०८०

काठमाडौं – कामना सेवा विकास बैंक र हिमालयन जाभा कफीबिच सम्झौंता भएको छ । दुबै संस्थाबिच मंगलबार मर्चेन्ट सम्वन्धी सम्झौंता भएको हो ।

सम्झौता अन्तर्गत कामना सेवा विकास बैंकसँग आबद्ध सम्पूर्ण ग्राहक महानुभावहरुले काठमाडौं महानगरपालिका –२९ पुतलिसडक स्थित हिमालयन जाभा कफीबिच कफीले प्रदान गर्ने सेवा सुविधाहरुमा १० प्रतिशत सम्मको आकर्षक छुट प्राप्त गर्न सक्नेछन् ।

बैंकसँग आबद्धताको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिनेछ । यस सम्झौताबाट बैंकसँग आबद्ध सम्पूर्ण महानुभावहरुले विशेष लाभ लिने बैंकले विश्वास लिएको छ ।