काठमाडौं – बैंकिङ कसूर मुद्दाका प्रतिवादी पक्राउ परेका छन् । काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवन, काठमाण्डौंकाका अनुसार वादी नेपाल सरकार प्रतिवादी जिल्ला नुवाकोट साविक कबिलास गा.वि.स वडा नं. ७ हाल परिवर्तित पञ्चकन्या गाउपालिका वडा नं. २ स्थाई घर भई हाल काठमाडौंको तार्केश्वर न.पा वडा नं. १० बस्ने ३८ बर्षिय सन्तोष घलेलाई पक्राउ गरिएको हो ।
उक्त कार्यालयका अनुसार घले बिरुद्धको बैंकिङ कसूर मुद्दामासम्मानित जिल्ला अदालत बबरमहल काठमाण्डौबाट पक्राउ अनुमति जारी भई फरार रहेकोमा निज प्रतिवादीलाई यस कार्यालयाबाट खटिएको प्रहरी टोलीले सोमबार अन्दाजी १२ः०० बजेको समयमाका.जि.का.म.न.पा वडा नं. १५ छाउनीबाट पक्राउ गरी आवश्यक कारवाही तथा अनुसन्धानको लागि प्रहरी वृत्त महाराजगंज काठमाडौँ पठाईएको छ ।