शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

पुर्वाधार बिकास बैंकमा लागु हुने गरी चालुपुँजी कर्जा सम्वन्धी व्यवस्था संसोधन

सोमबार, भाद्र ११ २०८०

काठमाडौं – नेपाल राष्ट्र बैंकले पुर्वाधार बिकास बैंकमा लागु हुने गरी चालुपुँजी कर्जा सम्वन्धी व्यवस्था संसोधन गरेको छ । सोमबार पुर्वधार बिकास बैंकको नाउँमा परिपत्र जारी गर्दे राष्ट्र बैंकले ‘चालू पुँजी कर्जासम्बन्धी मार्गदर्शन, २०७९’ को बुँदा नं. ७ मा भएको भेरियन्स सम्बन्धी व्यवस्था मार्गदर्शन लागु भएको मितिले दुई वर्षसम्म अनिवार्य नहुने व्यवस्था कायम गरेको हो ।

यसअघि भने ‘चालू पुँजी कर्जासम्बन्धी मार्गदर्शन, २०७९’ को बुँदा नं. ७ मा भएको भेरियन्स सम्बन्धी व्यवस्था मार्गदर्शन लागु भएको मितिले एक वर्षसम्म अनिवार्य नहुने व्यवस्था कायम रहेको थियो ।