शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

पुुनः १५ अर्ब १३ करोड रुपैयाँँको ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक

आइतबार, भाद्र १० २०८०

काठमाडौ – भोलि सोमबारनेपाल राष्ट्र बैंकले पुुनः १५ अर्ब १३ करोड रुपैयाँको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । सो दिन अपरान्ह तीन बजेसम्म उक्त परिमाणमा ट्रेजरी बिल बिक्री गर्न लागिएको राष्ट्र बैंकको भनाई छ ।

राष्ट्र बैंकका अनुसार जारी मिति भने भदौ १२ गते तोकिएको ट्रेजरी बिल खरिदको लागि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले भाग लिन पाउनेछन । बिक्री गरिने उक्त ट्रेजरी बिल मध्येमा २८ दिने अवधिको आठ अर्ब र ९१ दिने अवधिको सात अर्ब १३ करोड रुपैंयाँको रहेको छ । यि ट्रेजरीहरुको परिपक्व हुने अवधि भने क्रमशः २०८० असोज ९ गते र २०८० मंसिर १२ गते तोकिएका छन् । यि ट्रेजरीहरु पुरानो नविकरण अन्र्तगतका रहेका छन् ।

यसअघि भदौ चार गते पनि छ अर्ब २३ करोड ३२ लाख रुपैंयाँ बराबरको ट्रेजरी बिल बिक्री गरिएको राष्ट्र बैंकको भनाई छ ।