काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंको नेतृत्व शुक्रबारदेखि एसएसपी भूपेन्द्र बहादुर खत्रीले सम्हालेका छन् ।
गृह मन्त्रालयले गत सोमबार उनको सरूवा गरेको थियो। एसएसपी खत्री यसअघि प्रहरी महानिरीक्षकको सचिवालयमा कार्यरत थिए।
पूर्वमन्त्री अफताब आलमलाई पक्राउ गरेर उनी चर्चा कमाएका प्रहरी अधिकृत हुन्।
काठमाडौं प्रहरी प्रमुखमा सरुवा भएका एसएसपी खत्री एसपी हुँदा जिल्ला प्रहरी कार्यालय रौतहट र जिल्ला प्रहरी कार्यालय काभ्रेको प्रमुखको जिम्मेवारी सम्हालिसकेका छन्।
डीएसपी हुँदा नगर प्रहरी कार्यालय काठमाडौंको नेतृत्व गरेका उनी धेरैपटक आईजीपी सचिवालयमा रहेर कार्यसम्पादन गरिसकेका छन्।