शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

ग्लोवल आईएमई बैंक सवल मध्येको सबैभन्दा अब्बल बैंक :

७७ वटै जिल्लामा वित्तीय पहुंच, जसले गर्यो मर्जर तथा प्राप्तीको कुशल व्यवस्थापन

बुधबार, साउन ३१ २०८०

काठमाडौं – नेपालमा अहिले २० वटा बाँणिज्य बैंकहरु सञ्चालनमा रहेका छन् । त्यसमध्ये केही बहुराष्ट्रिय कम्पनीद्धारा प्रर्वधित बैंक रहेका छन् भने केही स्वदेशी लगानीमा सञ्चालित बैंकहरु रहेका छन् । तर ग्लोवल आईएमई बैंक एउटा त्यस्तो बैंक हो जुन यि २० वटा बाँणिज्य बैंकहरु मध्येमा सबैभन्दा अब्बल बैंककोरुपमा आफुलाई स्थापित गर्न सफल भएको छ । ग्लोवल आईएमई बैंकले आफुलाई सवल र अब्बल मात्र बनाएको नभई सिंगो मुलुकको आर्थिक बिकास र समृद्धिमा पनि निकै नैं ठुलो योगदान दिईरहेको छ ।

आजको दिनमा नियनकारी निकाय नेपाल राष्ट्र बैंकको मर्जर तथा प्राप्ती सम्बन्धी नीति सफल छ भने यो सफलताको पछाडिको हात पनि ग्लोवल आईएमई बैंक कै रहेको छ । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुको संख्या धेरै रहेको अवस्थामा आफ्नो नियमनकारी क्ष्मतालाई सुदृण र प्रभावकारी बनाएर वित्तीय क्षेत्रलाई सवल र सक्षम बनाउनको लागि मर्जर प्राप्ती सम्वन्धी व्यवस्था कार्यान्वयनमा ल्याएको थियो । यो व्यवस्था कार्यान्वयनमा ल्याएपछि ग्लोवल आईएमई बैंक एक्लैले साना ठुला समेत गरी झण्डै दुई दर्जन बैंक तथा वित्तीय संस्थाहरुलाई आफुमा गाभेको तथा विलय गराएको थियो । बैंकिङ क्षेत्रमा दुई वा दुई भन्दा बढी संस्थाहरुलाई मर्जर तथा प्राप्ती गरी एउटै संस्थाको रुपमा चलाउनु निकै नैं चुनौतीपुर्ण रहेको छ । तर ग्लोवल आईएमई बैंक एउटा त्यस्तो बैंक हो, जसले दुई दर्जन बैंक तथा वित्तीय संस्थाहरुलाई गाभेर सफलरुपमा वित्तीय सेवा प्रवाह गर्दै आएको छ । मर्जरपछि अधिकांश बैंकहरुले नकारात्मक प्रदर्शन गर्दा यो बैंकको सञ्चालक समिति तथा व्यवस्थापनले सहजरुपमा मर्जरलाई व्यवस्थापन गर्दै अधिकांश वित्तीय सूचकहरुमा प्रतिष्पर्धी बैंक भन्दा राम्रो नतिजा ल्याएको छ । बैंकले हरेक मर्जरको सरल र सहज व्यवस्थापन गर्दै उत्कृष्ट प्रदर्शन गरिरहेको छ । २१ वटा बैंक तथा वित्तीय संस्थाहरुको मर्जर तथा एक्विजिसनबाट बनेको यो बैंक नेपाल सरकार तथा नेपाल राष्ट्र बैंकको ठूला, सबल र उत्कृष्ट बैंकिङ्ग प्रणाली विकास गर्ने योजना कार्यान्वयनमा पनि सधै अग्रस्थानमा रहेको छ ।

ग्लोबल आइएमई बैंक लिमिटेडको राष्ट्रिय अर्थतन्त्रमा पनि निकै ठुलो योगदान रहेको छ । यो बैंक वाणिज्य बैंकहरु मध्य सबैभन्दा बढी कर तिर्ने बैंक बनेको छ । बैंकले गत आर्थिक वर्ष २०७९/८० मा पाँच अर्ब ४३ करोड ४४ लाख रुपैयाँ कर तिरेको छ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल यस बैंकको सञ्चालक समितिका अध्यक्ष हुनुहुन्छ । सबैका लागि बैंक भन्ने नारालाई आत्मसाथ गरेको यो बैंकले स्थापनाको छोटो समयमै आफूलाई एक उत्कृट, सबल र विश्वसनीय बैंकको रुपमा स्थापित गरिसकेको छ ।

ग्लोबल आइएमई बैंक कूल पुँजी तथा चुक्ता पुँजीका आधारमा नेपालको सबैभन्दा ठूलो बैंक हो । हाल यो बैंकको कूल पुँजी ५८ अर्ब ६८ करोड रुपैयाँ छ भने यसको चुक्ता पुँजी ३५ अर्ब ७७ करोड १० लाख ६० हजार रुपैंयाँ रहेको छ । बैंकले आर्थिक बर्ष २०७९/०८० मा सात अर्ब २५ करोड ३४ लाख ५५ हजार रुपैंयाँ खुद मुनाफा कमाएको छ । बैंकले कमाएको यो नाफा अघिल्लो आवको तुलनामा दुई अर्ब २९ करोड ४२ लाख ३० हजार रुपैयाँले बढी हो । अघिल्लो आवमा भने बैंकले चार अर्ब ९५ करोड ९२ लाख २५ हजार रुपैंयाँ खुद मुनाफा कमाएको थियो । बैंकले आव २०७९/०८० मा चार खर्ब २६ अर्ब ३२ करोड ५४ लाख ४६ हजार रुपैंयाँ निक्षेप संकलन गरी तीन खर्ब ५६ अर्ब ३९ करोड ४७ लाख रुपैंयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा १७ अर्ब ११ करोड ८२ लाख ७५ हजार रुपैंयाँ खुद व्याज आम्दानी गरेको बैंकमा निष्क्रिय कर्जाको अनुपात तीन दशमलव शुन्य आठ प्रतिशत रहेको छ । यस अवधिमा वितरणयोग्य नाफा दुई अर्ब ९५ करोड ६९ लाख ५६ हजार रुपैंयाँ रहेको बैंकको स्प्रेड दर अर्थात निक्षेप तथा कर्जाबिचको व्याजदर अन्तर भने चार दशमलव ९६ प्रतिशत रहेको छ । अघिल्लो आवमा भने बैंकले दुई खर्ब ७६ अर्ब ९६ करोड ४९ लाख १० हजार रुपैंयाँ निक्षेप संकलन गरी दुई खर्ब ५७ अर्ब आठ करोड ७५ लाख ३२ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा १० अर्ब २८ करोड ९५ लाख ५६ हजार रुपैंयाँ खुद व्याज आम्दानी गरेको बैंकमा एक दशमलव २८ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो । उक्त अवधिमा वितरणयोग्य नाफा तीन अर्ब २३ करोड ९२ लाख २६ हजार रुपैंयाँ रहेको बैंकको स्प्रेड दर भने चार दशमलव २६ प्रतिशत रहेको थियो ।

ग्लोबल आइएमई बैंक सात वटा प्रदेशको ७७ वटा जिल्लामा बित्तीय पहुँच बिस्तार गर्न अर्थात आफ्नो शाखा सञ्जाल बिस्तार गर्न सफल भएको नीजि क्षेत्रद्धारा सञ्चालित पहिलो बैंक हो । बैंकले हाल देशको सबै क्षेत्रमा गरी तीन सय ५९ वटा शाखा कार्यालय, तीन सय ६२ वटा एटिएम, तीन सय २२ शाखा रहित बैंकिङ्ग सेवा, ६४ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर मार्फत उत्कृष्टरुपमा वित्तीय सेवा सञ्चालन गर्दे आएको छ । बैंकले मुलुक भित्र मात्र नभई मुलुक बाहिर पनि वैदेशिक प्रतिनिधि कार्यालय र अन्य बैंक तथा वित्तीय संस्थाहरुसँग साझेदारी गर्दै आफ्ना ग्राहकहरुलाई उत्कृष्टरुपमा उच्चस्तरको वित्तीय सेवा उपलब्ध गराउँदै आएको छ । हाल बैंकको बेलायतको लण्डन, भारतको नयाँ दिल्ली र अष्ट्रेलियाको सिड्नीमा गरी तीन वटा बैदेशिक सम्पर्क कार्यालयहरु रहेका छन् । यसरी बैंकले एक हजरा एक सय भन्दा बढि सेवा केन्द्रबाट ४० लाख भन्दा बढि ग्राहकहरू माझ सेवा प्रदान गरिरहेको छ । ग्लोबल आइएमई बैंकमा हाल चार हजार बढी कर्मचारी रहेका छन् ।

यो सबैका बावजुत पनि सिंगो मुलुकको आर्थिक बिकास, समृद्धि, आन्तरिक उत्पादन, रोजगारी, शिक्षा, स्वास्थ, पुर्वाधार, पर्यटन लगायतका सबै क्षेत्रमा ग्लोवल आईएमई बैंकको योगदान निकै ठुलो रहेको छ । बैंकको प्रत्यक्ष सेवा आजको दिनमा प्रत्येक नेपालीको भात भाञ्छासम्म पुगेको छ । चाहे प्रत्यक्षरुपमा बैंकिङ सेवा, बिपन्न बर्ग कर्जाको नाउँमा होस र रेमिटेन्सको नाउँमा ग्लोवल आईएमई बैंकको सेवा आजको दिनमा सबै नेपाली नागरिकको घरदैलोमा पुगेको छ । बैंकको यो सेवाले देशको भुगोल पार गरी बिदेशमा बस्ने नेपाली नागरिकहरुलाई समेत वित्तीय सेवा उपलब्ध गराउँदै आएको छ । ग्लोवल आईएमई बैंकका अध्यक्ष चन्द्र प्रसाद ढकालको दुरगामी भिजन र सक्षम नेतृत्व, बैंकको कुशल व्यवस्थापन, सिंगो कर्मचारीहरुको सामुहिक प्रयास, आमग्राहक एवं सेयरधनीहरुको साथ, सहयोग र सुभेञ्छा आदिको कारणले गर्दा नैं बैंकले आजको दिनमा यो व्यवसायीक उचाई हाँसिल गर्न सफल भएको हो । बैंकको यो व्यवसायीक सफलतामा ग्लोवल आईएमई बैंक परिवारसंग प्रत्यक्ष वा अप्रतक्ष्यरुपमा जोडिएका सबैको निकै नैं ठुलो हात रहेको छ । यिनै स्वावलम्बी र मिहेनती हात र साथहरुले गर्दा नैं ग्लोवल आईएमई बैंकले आजको दिनमा यो व्यवसायीक बिरासत कायम गर्न सफल भएको हो । सिंगो ग्लोवल आईएमई बैंक परिवार यो विरासतलाई अझ निकै माथि पुर्याएर आम नागरिकलाई उत्कृष्ट वित्तीय सेवा प्रवाह गर्न सधैं एक कदम अगाडि रहेको छ । यसमा नियमनकारी निकाय एवं अन्य सरोकारवाला निकाय सबैको साथ, सहयोग र हौसला रहेको छ ।