शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

पाँच अर्ब ८४ करोड रुपैयाँको बिकास ऋणपत्र बिहिबार

बुधबार, साउन ३१ २०८०

काठमाडौ – भोलि बिहिबार नेपाल राष्ट्र बैकले पुन पाँच अर्ब ८४ करोड रुपैयाँ बराबरको ऋणपत्रको बिक्री गर्ने तउारी गरेको छ । सो दिन छ बर्षे अवधिको बिकास ऋणपत्र २०८६ “ट” (६ बर्षे) बिक्री गर्न लागिएको राष्ट्र बैंकले जनाएको छ ।

ऋणपत्र खरिदको लागि बैक तथा वित्तीय संस्था, गैर—बैक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले उक्त दिन अपरान्ह तीन बजेसम्म बोलकबोल पेस गर्नुपर्ने छ । निष्काशन मिती २०८० भदौ १ गते तोकिएको ऋणपत्रको सावाँ भुक्तानी अवधि २०८६ भदौ १ गते तोकिएको छ । खरिद गरिएको उक्त ऋणपत्र धितो राखेर कर्जा लिन र दिन समेत पाईने छ भने ऋणपत्रमा अर्धबार्षिकरुपमा व्याज भुक्तानी हुुने र आर्जित व्याजदरमा व्याजकर समेत लाग्ने राष्ट्र बैंकको भनाई छ।

ऋणपत्र खरिदको लागि इच्छुक खरीदकर्ता प्रतिस्पर्धी वा अप्रतिस्पर्धीरुपमा सहभागी हुनसक्ने छन् । बिक्री गरिने कुुल ऋणपत्र मध्येमा प्रतिस्पर्धी र अप्रतिस्पर्धी बोलवालाहरुलार्ई क्रमशः निष्काशित रकमको ८५ र १५ प्रतिशत अर्थात् चार अर्ब ९६ करोड ४० लाख र ८७ करोड ६० लाख रुपैंयाँ छुट्ट्याइएको छ । अप्रतिस्पर्धी बोलवालाहरुलाई छुट्याइएको रकमको लागि पूरा बोलप्राप्त नभएमा बाँकी हुन आउने रकम प्रतिस्पर्धी बोलवालाहरुलाई बिक्री गरिने छ ।

अप्रतिस्पर्धी बोलवालाहरुलाई छुट्ट्याइएको रकम भन्दा बढी रकमको बोलप्राप्त हुन आएमा बोलवालाहरुलाई समानुपातिक रुपमा उक्त ऋणपत्रको रकम बाँडफाँड हुने राष्ट्र बैंकको भनाई छ । खरिदकर्ताहरुले घटीमा ५० हजार र बढीमा कुल निष्काशित रकमको सीमामा नबढाई ५० हजारले भाग गर्दा निःशेष भाग जाने अंकसम्मको ऋणपत्र खरिद गर्न सक्ने छन् ।