काठमाडौं । ‘नक्कली’ भनेर पक्राउ परेको तर सक्कली भन्ने खुले पछि डा. रञ्जित कुमार यादव थुनामुक्त भएका छन् ।
‘नक्कली डाक्टर’ भन्दै गत साउन २६ गते नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले परेका गरेका डा. यादवलाई थुनामुक्त गरिएको हो ।
‘नक्कली डाक्टर’ विरुद्ध अभियान नै चलाएको सीआईबीले अनुसन्धानवाट यादव सक्कली नै भएको खुले पछि उनलाई हिरासतमुक्त गरिएको हो ।
नेपाल मेडिकल काउन्सिलले यादवको प्रमाणपत्रको प्रतिलिपि सहितको पत्र सीआईबीलाई आइतबार पठाएको थियो। काउन्सिलको उक्त पत्रपछि सीआईबीले उनलाई छाडेको बताईएको छ ।
कांग्रेस सांसद सुनिल शर्मासहितका डाक्टरहरुलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पक्राउ गरेको थियो । भोलिपल्ट जिल्ला अदालत, काठमाडौंले उनलाई हिरासतमा राख्न अनुमति दिएन । अरुलाई भने हिरासतमा राख्न अनुमति दिएको थियो ।
यादव छुटेसँगै प्रकरणमा अब ६ जना सीआईबी हिरासतमा छन् ।