शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

सुन तस्करी प्रकरण : पक्राउ परेकामाथि अनुसन्धान गर्न सात दिन म्याद

मंगलबार, साउन २३ २०८०

काठमाडौं । सुन तस्करी प्रकरणमा पक्राउ परेकाहरूमाथि अनुसन्धान गर्न केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले सात दिनको समय पाएको छ।

सोमबार जिल्ला अदालतबाट सीआईबीले सात दिनको समय पाएको हो।

यसअघि राजस्व अनुसन्धान विभागले उच्च अदालतबाट म्याद थप गर्दै आएको थियो। विभागले अनुसन्धानको जिम्मा सीआईबीलाई दिइसकेको छ।
२ साउनमा विभागले एक सय किलो सुन विमानस्थल भन्सारको मुल गेटमा बरामद गरेको थियो ।

हङकङबाट नेपालमा भित्र्याइएको सो सुन प्रकरणमा हालसम्म २ जना चिनियाँ र एक भारतीय सहित १८ जना पक्राउ परिसकेका छन् । पक्राउ पर्नेमा ३ जना विमानस्थल भन्सारका कर्मचारी पनि रहेका छन् ।