शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

प्रभु बैंकले कमायो दुई अर्ब ८२ करोड

आइतबार, साउन २१ २०८०

काठमाडौं – प्रभु बैंकले आर्थिक बर्ष २०७९/८० मा दुई अर्ब ८२ करोड ५२ लाख ४९ हजार रुपैंयाँ खुद मुनाफा कमाएको छ । अघिल्लोमा बैकको यस्तो नाफा एक अर्ब ९० करोड २० लाख १५ हजार रुपैंयाँ रहेको थियो । हाल चुक्ता पुँजी २३ अर्ब ५४ करोड २४ लाख ९० हजार रुपैंयाँ रहेको बैंकले आव २०७९÷८० मा दुई खर्ब ८९ अर्ब नौ करोड नौं लाख २७ हजार रुपैंयाँ निक्षेप संकलन गरी दुई खर्ब ३८ अर्ब २१ करोड पाँच लाख १६ हजार रुपैंयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा १० अर्ब २५ करोड ७९ लाख १७ हजार रुपैंयाँ खुद व्याज आम्दानी गरेको बैंकमा चार दशमलव १६ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । वितरणयोग्य नाफा एक अर्ब ७८ करोड ८८ लाख ४३ हजार रुपैयाँ रहेको बैंकको स्प्रेड दर चार दशमलव ८६ प्रतिशत रहेको छ ।

अघिल्लो आवमा भने बैकले एक खर्ब ७८ अर्ब ६५ करोड २१ लाख ८५ हजार रुपैंयाँ निक्षेप संकलन गरी एक खर्ब ४५ अर्ब ३८ करोड १५ लाख ७१ हजार रुपैंयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा पाँच अर्ब ७४ करोड २८ लाख १३ हजार रुपैंयाँ खुद व्याज आम्दानी गरेको बैंकमा एक दशमलव ८६ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो । वितरणयोग्य नाफा ९५ करोड ४० लाख ८७ हजार रुपैंयाँ रहेको बैंकको स्प्रेड दर चार दशमलव ३२ प्रतिशत रहेको थियो ।