काठमाडौं – माछापुछ्रे बैंकले आर्थिक बर्ष २०७९–०८० मा झण्डै दुई अर्ब रुपैंयाँ खुद मुनाफा कमाएको छ । बैंकले बुधबार सार्वजनिक गरेको आव २०७९–०८० को अपरिष्कृत वित्तीय विवरण अनुसार बैंकले कुल एक अर्ब ८५ करोड ११ लाख ५६ हजार आठ सय ९४ रुपैंयाँ खुद मुनाफा कमाएको छ । अघिल्लो आवमा भने बैंकको यस्तो नाफा एक अर्ब ६८ करोड ६६ लाख ५५ हजार दुई सय २४ रुपैंयाँ रहेको थियो ।
चुक्ता पुँजी १० अर्ब २५ करोड ७१ लाख ५५ हजार पाँच सय ८१ रुपैंयाँ रहेको बैंकले आव २०७९–०८० मा एक खर्ब ५४ अर्ब १७ करोड ९६ लाख ३१ हजार आठ सय २२ रुपैंयाँ निक्षेप संकलन गरी एक खर्ब २६ अर्ब ४६ करोड ५९ लाख १० हजार चार सय दुई रुपैंयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा पाँच अर्ब ३८ करोड ६६ लाख ८५ हजार दुई सय ६७ रुपैंयाँ खुद व्याज आम्दानी गरेको बैंकमा दुई दशमलव ११ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । यस अवधिमा वितरणयोग्य नाफा ९८ करोड ९६ लाख ९० हजार सात सय ९९ रुपैंयाँ रहेको बैंकको स्प्रेड दर भने तीन दशमलव ९५ प्रतिशत रहेको छ ।
अघिल्लो आवमा भने बैंकले एक खर्ब ४५ अर्ब दुई करोड ६० लाख ४९ हजार आठ सय ५१ रुपैंयाँ निक्षेप संकलन गरी एक अर्ब २८ अर्ब ५७ करोड ३१ लाख ५० हजार सात सय ५४ रुपैंयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिम चार अर्ब ८७ करोड ८० लाख ४४ हजार तीन सय ८४ रुपैंयाँ खुद व्याज आम्दानी गरेको बैंकमा एक दशमलव शुन्य चार प्रतिशत कर्जा निष्क्रिय रहेको थियो । उक्त अवधिमा चार दशमलव ३३ प्रतिशत स्प्रेड दर रहेको बैंकको वितरणयोग्य नाफा भने ५८ करोड ५४ लाख एक हजार आठ सय २८ रुपैंयाँ रहेको थियो ।