बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

११ महिनामा वाणिज्य बैंकहरुको आम्दानी ६७ अर्ब २३ करोड रुपैयाँ

मंगलबार, साउन ९ २०८०

काठमाडौं ।  गत आर्थिक वर्षको जेठ मसान्तसम्म आइपुग्दा वाणिज्य बैंकहरुले ६७ अर्ब २३ करोड १५ लाख रुपैयाँ नाफा कमाएका छन् ।

एक महिनाको अवधिमा बैंकहरुको नाफा बढेको छ । वैशाखसम्ममा बैंकहरुले ५७ अर्ब १७ करोड २७ लाख रुपैयाँ नाफा आर्जन गरेका थिए । यसअवधिमा सबैभन्दा धेरै नाफा कमाउनेमा नबिल बैंक रहेको छ ।

यसका ७ अर्ब ११ करोड ३५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । त्यस्तै, ग्लोबल आइएमई बैंकले ६ अर्ब ५० करोड रुपैयाँ नाफा कमाएको छ । नेपाल इन्भेष्टमेन्ट मेगा, एनआइसी एसिया र राष्ट्रिय वाणिज्य बैंकको नाफा ४ अर्बभन्दा माथि छ ।