काठमाडौं – नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८०÷८१ को मौद्रिक नीति सार्वजनिक गरेको छ । मौद्रिक नीतिले घरजग्गा कर्जा सम्वन्धी पुरानै व्यवस्थालाई निरन्तता दिएको छ ।
राष्ट्र बैंकले अघिल्लो आर्थिक वर्षको मौद्रिक नीति मार्फत घरजग्गा धितोमा कर्जा लिदा वास्तविक बजार मुल्यको अनुपातमा काठमाडौं उपत्यकाभित्र बढीमा ३० प्रतिशत र अन्य स्थानमा बढीमा ४० प्रतिशतसम्म मात्रै लिन पाइने व्यवस्था गरेको थियो । चालु आर्थिक वर्षको मौद्रिक नीतिले यही व्यवस्थालाई निरन्तरता दिएको छ ।
‘बैंक तथा वित्तीय संस्थाले घरजग्गा धितो राखी निश्चित प्रयोजन नखुलेका नयाँ अधिविकर्ष कर्जा, धितो कर्जा, सम्पत्ति कर्जा, व्यक्तिगत आवधिक कर्जा प्रवाह गर्दा कर्जा र सोको धितो सुरक्षणको बजारमूल्य बीचको अनुपात काठमाण्डौ उपत्यकाभित्र बढीमा ३० प्रतिशत र अन्य स्थानको हकमा बढीमा ४० प्रतिशतसम्म कायम गर्नुपर्ने व्यवस्था गरिने छ भन्ने व्यवस्था गत आर्थिक बर्षको मौद्रिक नीतिमा रहेकोमा राष्ट्र बैंकले चालु आर्थिक बर्षको मौद्रिक नीतिमा पनि सोही व्यवस्थालाई निरन्तरता दिएको हो ।
राष्ट्र बैंके शेयर धितो कर्जा, रियल स्टेट कर्जा तथा हायर पर्चेज कर्जाका विद्यमान जोखिम भारसम्बन्धी व्यवस्था पुनरावलोकन गर्ने तयारी गरेको छ ।