बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

१७ अर्ब ७० करोड रुपैयाँँको ट्रेजरी बिल सोमबार

आइतबार, असार ३१ २०८०

bकाठमाडौँ – नेपाल राष्ट्र बैंकले भोलि सोमबार १७ अर्ब ७० करोड रुपैयाँको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बोलकबोलको माध्यमद्धारा सो दिन अपरान्ह तीन बजेसम्म उक्त परिमाणमा ट्रेजरी बिल बिक्री गर्न लागिएको राष्ट्र बैंकको भनाई छ ।

भोलि बिक्री हुने ट्रेजरी बिल पुरानो नविकरण अन्र्तगतको हो । राष्ट्र बैंकका अनुसार ट्रेजरी बिल खरिदको लागि सोमबार अपरान्ह तीन बजेसम्म बोलकबोल पेस गर्न सकिने छ । जारी मिती साउन दुई गते मंगलबार तोकिएको ट्रेजरी बिल खरिदको लागि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले भाग लिन पाउने छन् । बिक्री गरिने उक्त ट्रेजरी बिल मध्येमा २८ दिने अवधिको १० अर्ब र ९१ दिने अवधिको सात अर्ब ७० करोड रुपैंयाँको रहेको छ ।

भोलि बिक्री हुने ट्रेजरी बिलहरुको परिपक्व हुने अवधि क्रमश २०८० साउन ३० गते र २०८० असोज ३० गते तोकिएको छ । यसअघि यही असार २५ गते पनि २७ अर्ब ६० करोड रुपैयाँको ट्रेजरी बिल बिक्री गरिएको राष्ट्र बैंकको भनाई छ ।