काठमाडौं – सिद्धार्थ बैंकले बिहीबारबाट काठमाडौंस्थित मुलपानीमा नयाँ शाखा सञ्चालनमा ल्याएको जानकारी दिएको छ । बैंकले मुलपानी क्षेत्रका सर्वसाधारण तथा उद्यमीमाझ सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुविधा, रकम भुक्तानी लगायत सम्पूर्ण बैंकिङ सेवा सहज ढंगले पु¥याउने उद्देश्यका साथ उक्त शाखा सञ्चालनमा ल्याएको हो ।
उक्त शाखा विस्तारपछि बैंकको कुल शाखा सञ्जाल संख्या (एक सय ९६ वटा पुगेको छ । बैंकका अनुसार यो संख्यामा पाँच वटा एक्सटेन्सन काउन्टर समेत समावेश रहेको छ ।