बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

एनआईबिएल एस क्यापिटल र मेगा क्यापिटलद्धारा एकीकृत कारोबार सुरु

सोमबार, असार १८ २०८०

काठमाडौं – एनआईबिएल एस क्यापिटल लिमिटेड र मेगा क्यापिटल मार्केट्स लिमिटेडले एकीकृत कारोबार सुरु गरेका छन् । एनआईबिएल एस क्यापिटल लिमिटेडले मेगा क्यापिटल मार्केट्स लिमिटेडलाई प्राप्ति (एक्विजिसन) गर्ने सम्वन्धमा दुवै संस्थाहरुकोे २०८० जेठ २९ गते सम्पन्न विशेष साधारण सभाको निर्णयद्घारा पारित प्रस्ताव बमोजिम एनआईबिएल एस क्यापिटल लिमिटेडमा मेगा क्यापिटल मार्केट्स लिमिटेडलाई प्राप्ति (एक्विजिसन) गर्ने निर्णय गरेको र गाभिने कम्पनीको सम्पूर्ण सम्पत्ति तथा दायित्व समेत आपूmले सकार्ने निर्णय समेत गरेको हो ।

प्राप्ति (एक्विजिसन) पश्चात कम्पनीको चुक्ता पूंजी ४७ करोड हुने, चार लाख ८५ हजार भन्दा बढी हितग्राही खाता, सात वटा शाखा कार्यालयहरु र ५५ वटा भन्दा बढी कम्पनीको शेयर रजिष्ट्रार कार्य मार्फत करिब २५ लाख भन्दा बढी शेयरधनीहरुलाई सेवा प्रदान हुने भएको छ । यस प्राप्ति (एक्विजिसन) पश्चात हाल गर्दै आएको मर्चेन्ट बैंकिंग तथा इन्भेष्टमेण्ट बैंकिंग व्यवसायमा गुणात्मक असर पर्नुको साथै प्रदान भईरहेका सेवाहरु अझ सुदृढ र सशक्त रूपमा विस्तार हँुदै धितोपत्र बजारमा आफ्नो विशिष्ट पहिचान बनाउन सकिने विश्वास समेत क्यापिटलले लिएको छ ।

प्राप्ति (एक्विजिसन) पश्चात साविकको एनआईबिएल एस क्यापिटल लिमिटेडको नाम समेत एनआइएमबि एस क्यापिटल लिमिटेड हुने गरी परिवर्तन गर्न कम्पनी रजिष्ट्रारको कार्यालयबाट यही असार ११ गते स्वीकृति प्राप्त भईसकेकोे छ । साविकका दुवै संस्थाहरुको यही असार १२ गते बसेको सञ्चालक समितिको छुट्टाछुट्टै बैठकको निर्णय बमोजिम प्राप्ति पश्चात् परिवर्तित नाम “एनआइएमबि एस क्यापिटल लिमिटेड” बाट असार १८ गते सोमबार देखि एकिकृत व्यवसाय÷कारोबार सुरु गरेको हो ।