बिहिबार, कार्तिक १९ २०८३

बिहिबार, कार्तिक १९ २०८३

राष्ट्रिय धान दिवस

चितवनमा पैदल यात्रामा सहभागी एमाले अध्यक्ष ओली (तस्वीर)

शुक्रबार, असार १५ २०८०

चितवन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली राष्ट्रिय पर्व असार १५ को अवसरमा चितवनमा पैदल यात्रामा सहभागी भएका छन् ।
पूर्व प्रधानमन्त्री ओली रोपाईं दिवसको कार्यक्रममा भाग लिन हिजो चितवन पुगेका थिए ।

असार १५ को राष्ट्रिय धान दिवस मनाउन चितवन आएका एमाले अध्यक्ष ओलीले जिल्लाको युवा उद्यमी मञ्चले गरेको अन्तर्क्रिया कार्यक्रममा बोल्दै करका दरहरु हेरफेर गराउन सफल व्यवसायीहरु बाहेक अरु आर्थिक मन्दीको चपेटामा पर्न थालेको बताए ।

युवाहरुको पलायन खतरनाक कुरा भएकाले ब्रेन ड्रेन र मसल ड्रेनलाई रोक्नुपर्ने उनको धारणा छ । उब्जनी हुने खेतबारी बाँझै राखेर युवाहरू खाडी लगायतका देशमा पलायन हुनुमा केही न केही कमजोरी भएको उनको भनाइ छ ।

तस्वीर: ओलीको सचिवालय