बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

२० अर्ब रुपैंयाँको रिर्भस रिपो आगामी आईतबार

शनिबार, असार ९ २०८०

काठमाडौं – नेपाल राष्ट्र बैंकले आगामी आईतबार पुन २० अर्ब रुपैंयाँको रिर्भस रिपो जारी गर्ने भएको छ । यसअघि यही असार सात गते मात्र १० अर्ब रुपैंयाँको रिर्भस रिपो जारी गरेको राष्ट्र बैंकले आगामी आईतबार पुन सात दिने अवधिको २० अर्ब रुपैंयाँको रिर्भस रिपो जारी गर्न लागेको हो ।

रिपोको लागि बैंक तथा फाईनान्स कम्पनीहरुले आगामी आईतबार अपरान्ह तीन बजेसम्म बोलकबोल पेस गर्नुपर्ने छ भने रिपोको परिपक्व हुने अवधि यही असार १७ गते तोकिएको छ । बजारमा अधिक तरलता रहेकाकारण त्यसलाई नियन्त्रणमा राख्न रिर्भस रिपो जारी गर्न लागेको राष्ट्र बैंकको भनाई छ ।