बिहिबार, कार्तिक १९ २०८३

बिहिबार, कार्तिक १९ २०८३

सवारी दुर्घटनामा एक जनाको मृत्यु

बिहिबार, जेष्ठ ३२ २०८०

काठमाडौं – चन्द्रगिरि नगरपालिका–१२ गुर्जुधारामा ना.५ ख ५७७७ नम्बरको ट्रकलाई प्र.३–०२–००९ प २०१३ नम्बरको मोटरसाइकलले ओभरटेक गर्ने क्रममा बिहीबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकलमा सवार हाल सोही नगरपालिका–३ बस्ने मकवानपुर थाहा नगरपालिका–५ घर भएकी २० वर्षीया सुमित्रा मोक्तानको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएकी उनको सहिद मेमोरीयल अस्पताल कलंकीमा उपचारको क्रममा मृत्यु भएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।