बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

त्रिभुवन विमानस्थल बाहिर गोली चल्यो

आइतबार, जेष्ठ २८ २०८०

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको गेटनजिकै गोली चलेको छ ।

लागुऔषध नियन्त्रण ब्यूरोबाट खटिएको टोलीले लागुऔषध कारोबारी एक युवामाथि गोली प्रहार गरेको हो । लागुऔषध कारोबारी एक युवालाई नियन्त्रणमा लिन खोज्दा घुँडामुनी गोली लागेको विमानस्थल प्रहरी स्रोतले बतायो ।

घाइते युवकको बायाँ खुट्टाको घुँडामुनि गोली लागेको छ । उनलाई केएमसी अस्पतालमा उपचारका लागि लगिएको छ भने उनको नाम भने खुलिसकेको छैन ।

पछ्याउँदै गरेको ब्युरोको टोलीले पक्राउ गर्न खोज्दा ती युवाले बल प्रयोग गरेपछि गोली हानिएको उनको भनाइ छ ।