काठमाडौ – नेपाल राष्ट्र बैंकले पुन ३० अर्ब ८७ करोड ५० लाख रुपैयाँको ट्रेजरी बिल बिक्री गरी ऋण उठाउने भएको छ । भोलि सोमबार अपरान्ह तीन बजेसम्ममा बोलकबोलको माध्यमद्धारा उक्त परिमाणमा आन्तरिक ऋण उठाउन लागिएको राष्ट्र बैंकको भनाई छ । यही जेठ २३ गते जारी मिति तोकिएको टे«जरी बिल खरिदको लागि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले भाग लिन सक्ने छन् । बिक्री गरिने उक्त ट्रेजरी बिल मध्येमा २८ दिने अवधिको आठ अर्ब, ९१ दिने अवधिको छ अर्ब चार करोड ५० लाख, एक सय ८२ दिने अवधिको १० अर्ब र तीन सय ६४ दिने अवधिको छ अर्ब ८३ करोड रुपैंयाँको रहेको छ ।
उक्त दिन बिक्री हुने कुल ट्रेजरी बिल मध्येमा २८ दिने अवधिको आठ अर्ब मध्ये पाँच अर्ब नयाँ र बाँकी सबै पुरानो नविकरण अन्र्तगतको रहेको छ । यि ट्रेजरीहरुको परिपक्व हुने अवधि भने क्रमशः २०८० असार १९ गते, २०८० भदौ १९ गते, २०८० मंसिर १९ गते र २०८१ जेठ २२ तोकिएका छन् । गत साता पनि राष्ट्र बैंकले २९ अर्ब १३ करोड रुपैंयाँ बराबरको ट्रेजरी बिल बिक्री गरेको थियो ।