काठमाडौं – सिरहाको कल्याणपुर नगरपालिका–१० प्रचिलवास्थित सडकमा प्रदेश २–०१–००१ त १३२५ नम्बरको ट्याक्टरबाट लडेर ट्याक्टरको चक्काले किच्दा ट्याक्टरमा सवार सोही ठाउँ बस्ने बिश्वासी शर्माकी छोरी ८ वर्षीया रागनी कुमारी शर्माको बुधबार राति मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घम्भीर घाइते भएकी उनको फुलकुमारी महतो मेमोरियल अस्पताल कर्जन्हामा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ ।
कैलालीको गोदावरी नगरपालिका–२ तेधरीमा हाल नम्बर नखुलेको मोटरसाइकलको ठक्करबाट पैदलयात्री धनगढी उपमहानगरपालिका–१३ कैलाली गाउँ बस्ने ५५ वर्षीया ईशारा देवी धामीको बुधबार राति मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएकी उनको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो । ठक्करमा संलग्न हाल फरार मोटरसाइकल र चालकको प्रहरीले खोजी गरिरहेको छ ।
भोजपुरको हतुवागढी गाउँपालिका–१ जोगीखेतस्थित सडकमा को.१ त ९०४२ नम्बरको ट्याक्टर बुधबार दिउँसो दुर्घटना हुँदा ट्याक्टर चालक सोही गाउँपालिका–६ होम्ताङ बस्ने २२ वर्षीय बलराम बिकको घटनास्थलमै मृत्यु भएको छ । मोरङको जहदा गाउँपालिका–३ ब्राहमाटोलमा को.३ प ३६ नम्बरको मोटरसाइकलबाट लडेर मोटरसाइकलमा सवार धनपालथान गाउँपालिका–२ बस्ने ४५ वर्षीया राजो देवी साहको बुधबार बिहान मृत्यु भएको छ । मोटरसाइकलबाट लडेर गम्भीर घाइते भएकी उनको नोबेल अस्पताल विराटनगरमा थप उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
महोत्तरीको बर्दिबास नगरपालिका–३ गौरीडाँडास्थित सडकमा रोकी राखेको प्रदेश २–०३–००१ क ००७२ नम्बरको टिपरमा प्रदेश २–०३–००६ प ६५५१ नम्बरको मोटरसाइकल ठक्कर खाई बुधबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक सोही नगरपालिका–१ बस्ने ४१ वर्षीय सुरज चालिसेको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको जनसेवा अस्पताल बर्दिबासमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।