बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

अवैध लागूऔषधसहित पक्राउ

बुधबार, जेष्ठ १७ २०८०

काठमाडौं – काठमाडौंको दक्षिणकाली नगरपालिका–५ फर्पिङबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब २० ग्रामसहित रौतहट कटहरिया नगरपलिका–१ मसेरुवा बस्ने २४ वर्षीय दुर्गा दासलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । रौतहटबाट काठमाडौंतर्फ आउँदै गरेको बा.प्र.०३–००१ ज. ०२९२ नम्बरको टाटा सुमोलाई प्रहरीले जाँच गर्ने क्रममा सुमोमा सवार उनलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।

धादिङको बेनिघाट रोराङ गाउँपालिका–९ मझिमटारबाट अवैध लागूऔषध गाँजा करिब ४ केजी ८ सय ८५ ग्रामसहित गल्छी गाउँपालिका–५ बस्ने १८ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी जोगिमाराबाट खटिएको प्रहरीले काठमाडौंबाट पोखरातर्फ जाँदै गरेको बा.२ ख १४१० नम्बरको माइक्रोलाई जाँच गर्ने क्रममा ती किशोरलाई उक्त गाँजासहित फेला पारी पक्राउ गरेको हो ।

कञ्चनपुरको बेलौरी नगरपालिका–१० सडकघाटबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ १० ग्राम ३६ मिलिग्रामसहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत पिलभित–४ बस्ने २२ वर्षीय सोनु सिंह र २५ वर्षीय सुकदेव सिंह रहेका छन् । प्रहरी चौकी भुडा, सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, ईलाका प्रहरी कार्यालय बेलडाँडी र ईलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको संयुक्त टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको युके ०६ बिएफ ४६९० नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।