काठमाडौं – अमेरिकी राजदूतले बिरेन्द्र शान्ति कार्य तालिम केन्द्रको भ्रमण गरेका छन् । मंगलबार नेपालका लागि अमेरिकाका महामहिम राजदूत डिन रिचार्ड थोमसनले वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रको भ्रमण गरेका हुन । भ्रमणका दौरान उनले तालिम केन्द्रले संयुक्त राष्ट्रसंघीय शान्ति स्थापना कार्यका लागि संचालन गर्ने अन्तर्राष्ट्रिय स्तरका तालिम लगायतका प्रशिक्षण कार्यक्रमहरुको बारेमा जानकारी लिएका थिए ।
वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रमा विभिन्न प्रकारका तालिमहरूको संचालन लगायत उक्त तालिम केन्द्रको स्तरोन्नतिमा संयुक्त राष्ट्र संघ तथा अन्य मित्रराष्ट्रहरू जस्तै संयुक्त राज्य अमेरिकी सरकारबाट समेत सहयोग प्राप्त हुँदै आएको छ ।