बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

नयाँ बजारस्थित एक विद्यालयको छात्रावासमा बालक झुण्डिएको अवस्थामा फेला

बुधबार, जेष्ठ १७ २०८०

काठमाडौं । काठमाडौं नयाँ बजारस्थित एक विद्यालयको छात्रावासमा १३ वर्षीय बालक झुण्डिएको अवस्थामा फेला परेका छन् । धादिङ घर भएका उनी छात्रावास बस्दै आएका थिए ।

इलिफ्स स्कुलमा कक्षा ५ मा अध्ययनरत अभिषेक तामाङ सोही विद्यालयको छात्रावासमा झुन्डिएको अवस्थामा फेला परेका प्रहरीले जनाएको छ ।

आफूहरु घटनास्थल आउनुअघि नै पोष्टमार्टमका लागि शव अस्पताल लगेपछि बालकका आफन्तले विरोध प्रदर्शन गरेका छन् ।

मृत्युको कारण खुलिसकेको छैन । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।