काठमाडौं – धादिङको गजुरी गाउँपालिका–५ गजुरीस्थित त्रिशुली नदीको किनारमा नुवाकोट बिदुर नगरपालिका–३ शिरपाली बस्ने ८० वर्षीय कृष्ण बहादुर रिमाल शनिबार मृत अवस्थामा फेला परेका छन् । रुपन्देहीको बुटवल उपमहानगरपालिका–११ प्रगतिनगर बस्ने ५२ वर्षीय रुक बहादुर बयम्बु आफ्नै सुत्ने कोठामा शनिबार मृत अवस्थामा फेला परेका छन । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।