काठमाडौं – सहज च्यालेन्ज फन्ड तेस्रो चरणको औपचारिक शुभारंभ बिहीबार काठमाडौंको होटल आम्बासाडर, लाजिम्पाटमा एउटा पत्रकार सम्मेलन मार्फत गरियो । जहाँ विभिन्न संचार माध्यमहरू, स्विस कन्ट्याक्ट, सिप्रड, र प्राक्टिकल एक्सन क्न्सल्टिंग का प्रतिनिधिहरू एकत्रित भएका थिए । पत्रकार सम्मेलनमा स्विस कन्ट्याक्टका तर्फबाट नेपाल कृषि बजार बिकास कार्यक्रम—एन.ए.एम.डी.पीका टिम लिडर रिक भ्यान डर क्याम्पले स्विस कन्ट्याक्टका परियोजनाले खेलेको परिवर्तनकारी भूमिका बारे जानकारी दिए । “सहज च्यालेन्ज फन्ड मार्फत, एन.ए.एम.डी.पीले कृषि क्षेत्रमा नवप्रवर्तनलाई प्रोत्साहित गर्ने लक्ष्य राखेको छ”, भ्यान डर क्याम्पले भने । यसै क्रममा सिप्रडका तर्फबाट एन.ए.एम.डी.पीका कृषि सेवा प्रबन्धक शुभेच्छा श्रेष्ठले सहज च्यालेन्ज फण्ड, यसका विभिन्न चरण र फण्डले गर्दै आएको कामकोबारेमा जानकारी दिए । “सहज च्यालेन्ज फन्डले कृषि प्रशोधनमा सेवा प्रदायकहरुका लागि बनाइएको हो ।
कृषि प्रशोधनमा भएको सुधारले किसानहरुको मूल्य अभिवृद्धिमा प्रभाव गर्छ, जसले उच्च आय र रोजगारी सिर्जना गर्छ ।” शुभेच्छा श्रेष्ठले भनिन् । “प्राकटिकल एक्सन कन्सल्टिंगका तर्फबाट सहज च्यालेन्ज फण्डका टिम लिडर अधिश कार्कीले तेस्रो चरणको च्यालेन्ज फण्डले काम गर्ने कार्य छेत्र, सहयोगको प्रकार, आवेदन प्रक्रिया र सहयोग रकम बारे चर्चा गरे । सहज च्यालेन्ज फण्ड ले रु.५ लाख देखि रु. ५० लाख रकम सम्म सहयोग गर्ने कुरा पनि उहाँले प्रस्ट पारे । ” प्रस्तावित सेवाको माग, सान्दर्भिकता र सेवा प्रदायकको क्षमताको जांच गरि सहयोग रकम तोकिनेछ । उपकरण तथा मेशिनेरी खरिदका लागि भने सहज च्यालेन्ज फण्डले सहयोग गर्ने छैन । यस पत्रकार सम्मेलनकै क्रममा सहज च्यालेन्ज फण्ड का ब्रान्डिङ र प्याकेजिङ्ग विशेषज्ञ अनुज श्रेष्ठ र वितरण प्रणाली विशेषज्ञ दिवीभ भक्त श्रेष्ठले आफ्ना छेत्रमा रहेका बाधा–अवरोध र च्यालेन्ज फण्डले प्रोत्सहान गरेको नवप्रवर्तनकारी सेवाहरुले यी बाधा अवरोधलाई कसरी हटाउँछन् भन्ने बारे जानकारी गराए ।
“नेपालमा धेरै कम्पनीहरुले दिगो ब्रान्डिङ र प्याकेजिङ्ग समाधानमा काम गरिरहेका छैनन् । यो च्यालेन्ज फण्डलेस्थानीय उत्पादकहरुलाई नवप्रवर्तन समाधानहरु खोज्न मद्दत गर्नेछ ।” श्री अनुज श्रेष्ठले भने । यस च्यालेन्ज फण्डका लागि २०८० असार ५ सम्म आवेदन दिन सकिनेछ । आवेदनको समय सीमा सकिएपछि पहिलो चरणको मुल्यांकन गरिनेछ र सफल आवेदकहरुलाई पूर्ण व्यवसायिक योजना बुझाउन अनुरोध गरिनेछ । पेश गरिएका व्यवसायिक योजनाको पूर्ण मुल्यांकन पछि छानिएका विजेता आवेदकले सहयोग रकम पाउनेछन् ।
सहज च्यालेन्ज फण्डले आयोजना गरेको यस पत्रकार सम्मेलनमा विभिन्न छेत्रका पत्रकार र सरोकारवालाहरुलाई एकीकृत गरि सान्दर्भिक जानकारी गराउदै धेरै भन्दा धेरै सेवा प्रदायकलाई आफ्ना नविन विचारलाई सफल व्यवसायको रूपमा विकास गर्ने अवसरको बारेमा सचेत गराउने काम गरियो । आवेदकको माग अनुसार अनुकूलित बित्तिय र प्राविधिक सहयोग मार्फत, सहज च्यालेन्ज फण्डले लक्षित सेवाहरुमा पहुच बढाउँदै कोशी प्रदेशको कृषि क्षेत्रमा उच्च स्तरको व्यावसायीकरण र आर्थिक मूल्य– प्रवर्धनमा योगदान पु¥याउने लक्ष्य राखेको छ ।