बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

सवारी दुर्घटनामा तीन जनाको मृत्यु

शुक्रबार, बैशाख २९ २०८०

काठमाडौं – काठमाडौंको तार्केश्वर नगरपालिका–६ चिसापानीस्थित सडकमा रा.१ ख २७३४ नम्बरको टिपरले बा.३४ प १००७ नम्बरको मोटरसाइकललाई बिहीबार राति ठक्कर दिँदा मोटरसाइकल चालक सोही ठाउँ बस्ने रसुवा नौकुण्ठ गाउँपालिका–२ घर भएका ३४ वर्षीय पासाङ लोप्चन तामाङको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको ग्रिनसिटि अस्पताल सामाखुशीमा उपचारको क्रममा मृत्यु भएको हो । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

दाङको घोराही उपमहानगरपालिका–१४ स्थित सडकमा रा.१ ख १२०१ नम्बरको बसले रा.३ प ४२ नम्बरको मोटरसाइकललाई बिहीबार साँझ ठक्कर दिँदा मोटरसाइकल चालक रोल्पा रुन्टिगढी गाउँपालिका–३ बस्ने २१ वर्षीय चन्द्र बहादुर नेपालीको मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको राप्ति स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीमा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

रोल्पाको लुङग्री गाउँपालिका–५ मछेरीस्थित सडकमा रा.१ त ३८८१ नम्बरको ट्याक्टर अनियन्त्रित भई बिहीबार राति दुर्घटना हुँदा ट्याक्टरमा सवार सोही ठाउँ बस्ने १३ वर्षीय खेमराज रोकाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको प्राथमिक स्वास्थ्य केन्द्र सुलीचौरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका अन्य ३ जनालाई सोही स्वास्थ्य केन्द्र हुँदै थप उपचारको लागि बुटवलतर्फ रिफर गरिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।