बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

सवारी दुर्घटनामा तीन जनाको मृत्यु

मंगलबार, बैशाख २६ २०८०

काठमाडौं – पाल्पाको तिनाउ गाउँपालिका–३ झुम्सास्थित सडकमा लु.१ क २६१४ नम्बरको टिपरले लु.४४ प ५८०५ नम्बरको मोटरसाइकललाई सोमबार साँझ ठक्कर दिँदा मोटरसाइकल चालक गुल्मी छत्रकोट गाउँपालिका–३ हर्दिनेटा बस्ने ३२ वर्षीय जीवन पन्तको मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

रुपन्देहीको रोहिणी गाउँपालिका–३ झुमा परासीस्थित सडकमा ना.८ ख २०९७ नम्बरको ट्रकले लु.७५ प ७६७६ नम्बरको मोटरसाइकललाई सोमबार राति ठक्कर दिँदा मोटरसाइकल चालक ओमसतिया गाउँपालिका–५ तरैनी बस्ने २३ वर्षीय निराजन चौधरीको मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको मेडिकल कलेज भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–२ ढोडेनीस्थित सडकमा गणेशेबगरबाट ढोडेनीतर्फ जाँदै गरेको बा.४ ख ५३८२ नम्बरको आइचर ट्रक आफै अनियन्त्रित सोमबार राति दुर्घटना हुँदा ट्रकमा सवार सोही गाउँपालिका–२ ढोडेनी बस्ने ३० वर्षीया पेमा तामाङको घटनास्थलमै मृत्यु भएको छ । साथै दुर्घटनामा घाइते भएका ट्रकमा सवार ४ जनालाई उपचारको लागि नगर अस्पताल मेलम्ची लगिएकोमा २ जनालाई थप उपचारको लागि धुलिखेल अस्पताल रिफर गरिएको छ भने १ जना उपचार पश्चात डिस्चार्ज भएका छन् । हाल फरार ट्रक चालकको प्रहरीले खोजी गरिरहेको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।