बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

सेजका प्रशासनिक संरचना प्रयोगविहीन

सोमबार, बैशाख १८ २०८०

विशेष आर्थिक क्षेत्र (सेज)हरूमा सरकारले औद्योगिक पूर्वाधार तयारीमा भन्दा पनि ठूलाठूला प्रशासनिक भवन, कर्मचारी आवास र सभाहलजस्ता संरचना निर्माणमा लगानी गरेको देखिएको छ ।

तयार भएका भैरहवा र सिमरा सेजमा पर्याप्त मात्रामा उद्योग सञ्चालन नभएपछि ती संरचना प्रयोगविहीन अवस्थामा रहेको प्रतिवेदनले देखाएको छ ।

महालेखापरीक्षकको ६०औं प्रतिवेदनले औद्योगिक पूर्वाधार तयार नगरी त्यस्ता संरचना निर्माण गरेका कारण निर्मित संरचना प्रयोगविहीन रहेको औंल्याएको हो ।

उक्त प्रतिवेदनले सेजका प्रशासनिक भवन, कर्मचारी आवास (क्वाटर) तथा सभाहलहरू प्रयोगविहीन रहेको देखाएको छ । आर्थिक अभियान दैनिकबाट