बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

दुई करोड अडियो प्रकरण : रास्वपाको अनुशासन आयोगको बैठक बस्दै

मंगलबार, चैत्र २८ २०७९

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को अनुशासन आयोगको बैठक बोलाइएको छ।

मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रुपैयाँ मागेको अडियो सार्वजनिक भएपछि सांसद डा. ढाकाकुमार श्रेष्ठबारे आवश्यक निर्णय लिन बैठक बोलाइएको हो ।

बैठक आज बिहान ११ बजेका लागि बोलाइएको छ। बैठकले ढाकाकुमार श्रेष्ठलाई कारबाही गर्नेबारे आवश्यक निर्णय गरेर केन्द्रीय समितिमा सिफारिस गर्नेछ।

रास्वपा अनुशासन आयोगका संयोजक भरतमणि देवकोटाका अनुसार श्रेष्ठले सोमबार नै स्पष्टीकरण बुझाइसकेका छन् ।

स्पष्टीकरणपत्रमा उनले आफूलाई जोडेर आएको अडियो नक्कली भएको जिकिर गरेका छन। उनले अडियो सम्पादन भएर आएको जिकिर गरेका छन् । तर, उनले पार्टीले गर्ने जस्तोसुकै कारबाही भोग्न भने आफू तयार रहेको बताएका छन् ।

उता, सो पार्टीका सभापति रवि लामिछानेले भने आरोप प्रमाणित भएमा उनलाई सांसद पदबाट बर्खास्त गर्ने यसअघि नै जनाई सकेका छन् ।