काठमाडौँ । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आकस्मिक बैठक बोलाएको छ ।
सत्ता गठबन्धनको बालुवाटर बैठक पछि अध्यक्ष नेपालले पार्टीको सचिवालय बैठक बोलाएका हुन् ।
पार्टी कार्यालय आलोकनगरमा आज दिउँसो साढे १ बजे बस्नेगरी अध्यक्ष नेपालले सचिवालयको बैठक बोलाएका छन्। यसअघि प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धन दलहरुका शीर्ष नेताहरुको बैठक बसेको थियो । बैठकमा प्रधानमन्त्री प्रचण्डले आज बेलुकासम्म मन्त्रीको नाम दिन भनेपछि सोहीअनुसार बैठक बोलाइएको बताइएको छ ।
स्रोतका अनुसार प्रचण्डले आज बेलुकासम्म जसरी पनि मन्त्री बन्ने एक जनाको नाम दिन भनेका छन् । तर, मन्त्रालय भने दुई वटा दिन सकिने र अर्को पछि मिलाउँदै जाने भनिएको छ । एकीकृत समाजवादीले भने उपप्रधामन्त्री सहित ३ मन्त्रालयको दावी गर्दै आएको छ ।