बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

प्रतिनिधि सभाको बैठक बस्दै, यस्ताे छ संभावित कार्यसूची

बुधबार, चैत्र १५ २०७९

काठमाडौं । संघीय संसद अन्तर्गत आज प्रतिनिधि सभाको बैठक बस्दैछ । संसस भवन नयाँ बानेश्वरमा बस्ने बैठक दिउँसो १ बजेबाट शुरु हुनेछ ।

आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको वार्षिक प्रतिवेदन (आर्थिक वर्ष २०७८/०७९) पेस गर्ने कार्य सूची छ ।

यस्तै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयक, २०७७ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्य सूची रहेको छ ।