काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालबीच सरकार विस्तारलगायतका विषयमा छलफल भएको छ ।
प्रचण्डलाई भेट्न अध्यक्ष नेपालसहित सम्मानित नेता झलनाथ खनाल, महासचिव घनश्याम भुसाल र नेता प्रकाश ज्वाला पुगेका थिए ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान भएको छलफलमा मन्त्रिपरिषद्लाई पूर्णता दिने विषयमा छलफल भएको हो । प्रधानमन्त्री दाहालका प्रेसविज्ञ मनोहरि तिमिल्सिनाले सरकार विस्तारको विषयमा उनीहरुबीच महत्वपूर्ण छलफल भएको हो ।
आज अपराह्न ४ बस्ने बस्न लागेको सत्तारुढ गठबन्धनको बैठक अघि उनीहरुबीच भेट भएको हो । उनीहरूले प्रचण्डसँग गृहमन्त्रालयको अडान राखेका थिए । गृह नभए भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसहित तीन मन्त्रालय हुनुपर्ने अडान उनीहरुले राखेको स्रोतले बतायो । यता प्रचण्डले नेकपा एसको भागमा दुई मन्त्रालयमात्रै प्रस्ताव गरेका छन् ।