बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

एकै दिन ५७ अंकले घट्दा दुई अर्ब ५२ करोडको सेयर किनबेच

बिहिबार, फाल्गुन ११ २०७९

काठमाडौं – नेप्सेको उच्च बृद्धिमा ब्रेक लागेको छ । अघिल्लो दिन उच्च अंकले बढेको नेप्से आज बिहिबार भने ५७ दशमलव ७४ अंकले घटेर दुई हजार २२ दशमलव ६४ अंकमा पुगेको छ भने सेन्सिटभ पनि ११ दशमलव ९८ अंकले घटेर तीन सय ८४ दशमलव ३६ अंकमा पुगेको छ । आज नेप्सेमा दुई सय ६० वटा कम्पनीहरुको ४८ हजार एक सय पाँच पटकको कारोबारमा ६३ लाख २६ हजार एक सय पाँच कित्ता सेयर किनबेच हुँदा कारोबार रकम दुई अर्ब ५२ करोड २७ लाख १३ हजार एक सय ५३ रुपैंयाँ पुगेको छ । 

नेप्सेमा आज १३ वटा समुहहरुको कारोबार हुँदा सबै समुहहरुको सुुचक घटेर नेप्से रातै भएको छ । सो मध्ये बाँणिज्य बैंक समुहको सुचक २४ दशमलव २२ अंकले घटेर १३ सय ३४ दशमलव ५१ अंकमा पुगेको छ भने बिकास बैंक समुहको सुचक पनि ५३ दशमलव नौं अंकले घटेर तीन हजार त सय ३७ दशमलव १३ अंकमा पुगेको छ । जलबिद्युत समुहको सुचक पनि ५८ दशमलव सात अंकले घटेर २५ सय ५६ दशमलव ४६ अंकमा पुगेको छ भने जीवन बीमा समुहको सुचक पनि दुई सय १८ दशमलव ७० अंकले घटेर १० हजार दुई सय चार दशमलव ४४ अंकमा पुगेको छ । निर्जिवन बीमा समुहको सुचक पनि एक सय ९८ दशमलव ९२ अंकले घटेर आठ हजार आठ सय ७८ दशमलव ३३ अंकमा पुगेकोमा फाईनान्स, होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष, अन्य र ट्रेडिङ्ग समुहहरुको सुचक पनि उच्च अंकले घटेका छन् । 

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा नेपाल हाईड्रो डेभलपर लिमिटेड परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा छिमेक लघुवित्त वित्तीय संस्था परेको छ । यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरुको सुचीमा भने पहिलो स्थानमा छिमेक लघुवित्त वित्तीय संस्था परेको छ ।