काठमाडौं । आईसीसी विश्वकप लिग २ क्रिकेटअन्तर्गत घरेलु मैदानमा भइरहेको त्रिदेशीय एकदिवशीय अन्तर्राष्ट्रिय शृंखलाको अन्तिम खेलमा टस जितेर नेपालले स्कटल्याण्डलाई ब्याटिङको निम्तो दिएको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले टस जितेर स्कटल्याण्डलाई ब्याटिङको निम्तो दिएको हो ।
नेपालले जारी घरेलु मैदानमा भएको सिरिजको पहिलो खेलमा नामिबीयालाई २ विकेटले तथा शुक्रबार भएको दोस्रो खेलमा स्कटल्याण्डलाई ३ विकेट र तेस्रो खेलमा नामिबीयालाई ३ विकेटले पराजित गरेको थियो ।