काठमाडौं । ७३औं राष्ट्रिय प्रजातन्त्र दिवस विभिन्न कार्यक्रम गरी देशभर मनाइँदै छ । यसैक्रममा प्रजातन्त्र दिवस मूल समारोह समितिले सैनिक मञ्च टुँडिखेलमा कार्यक्रम गरेको छ ।
सरकारले प्रजातन्त्र दिवसको दिन प्रधानमन्त्रीको अक्ष्यक्षमा मुल समारोह मनाउँदै आएको छ । गत २४ माघमा प्रधानमन्त्री प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतमा प्रजातन्त्र मुल समारोह समिति गठन गरेको थियो । जसले ७ फागुनको प्रजातन्त्र दिवस भब्यताका साथ मनाउने निर्णय गरेको थियो ।
आज काठमाडौंको टुडिखेलमा बिशेष समारोह आयोजना गरिएको छ भने बिदेशी नियोगहरुमा पनि राष्ट्रिय झन्डा फहराईने गर्दै आएको छ ।
नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलबाट मार्चपास गर्नुका साथै देशप्रेमका कालजयी गीतहरुको धुन र व्याण्ड बजाएर प्रजातन्त्र दिवस मनाइएको छ ।
हेर्नुहोस् तस्बिर









