बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

राजधानीमै सरकारले व्यवसायीको सुरक्षा गर्न नसक्नु लज्जाको विषय: सुमार्गी

शुक्रबार, फाल्गुन ५ २०७९

काठमाडौँ – नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य एवम् कृषि उधम तथा अनुसन्धान केन्द्रका सभापति अरुणराज सुमार्गीले काठमाडौंको गोंगबुमा भएको घटनालाई राष्ट्रले गम्भीर रूपमा लिनुपर्ने बताएका छन् । गत सोमबार गोंगबुमा भएको घटनालाई लक्षित गर्दै सुमार्गीले घोर भत्सर्ना गरेका हुन् ।

बुटवल उद्योग वाणिज्य संघले आयोजना गरेको मेलालाई सम्बोधन गर्ने क्रममा सुमार्गीले राजधानीमा नै यस प्रकृतिका घटना हुँदा घटनालाई राज्यले गम्भीर रूपमा लिनुपर्छ। देशको राजधानीमा समेत सरकारले व्यवसायीको सुरक्षा गर्न नसक्नु लज्जाको विषय भएको समेत सुमार्गीले बताए ।

कार्यक्रमलाई सम्बोधन गर्दै सुमार्गीले नेपालमा कृषिलाई प्रविधिमा रुपान्तरण गर्नुपर्नेमा जोड दिएका थिए । कृषि कार्यमा अहोरात्र खटिने सुमार्गीको सक्रियता पछिल्लो समय बढिरहेको छ l देशलाई कृषि क्रान्त्रीमार्फत विकासशील राष्ट्रबाट विकसित राष्ट्रमा स्थरउन्नत गर्न भनी सुमार्गी अहोरात्र खटिएका छन् ।