बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

‘जनयुद्ध दिवस’ मनाउने निर्णयविरुद्ध द्वन्द्वपीडित र नागरिक समाजको विरोध

सोमबार, फाल्गुन १ २०७९

काठमाडौं ।  सरकारले जनयुद्ध दिवसको अवसरमा सोमबार सार्वजनिक बिदा दिएपछि यसको विरोध भइरहेको छ ।

पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको वर्तमान सरकारले १ फागुन सोमबार ‘जनयुद्ध दिवस’को अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सोही निर्णयअनुसार सोमबार देशभर सार्वजनिक बिदा दिइएको छ ।

तर, सो निर्णयको द्वन्द्वपीडित र नागरिक समाजले विरोध जनाएका छन् । सोमबार उनीहरु ब्यानरसहित प्रदर्शनमा उत्रिएका छन् । ‘सार्वजनिनक बिदा खारेज गर, द्वन्द्वपीडितलाई न्याय दे’ लेखिएको ब्यानरसहित उनीहरुले प्रदर्शन गरेका हुन् ।

फागुन १ लाई कालो दिनको रुपमा उनीहरुले लिएका छन् ।

सरकारले जनयुद्ध दिवसको अवसरमा सोमवार सार्वजनिक बिदा दिए पछि बिभिन्न टिका टिप्पणी भएको छ ।


प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एकसाता अघि सरकारी बिदामा कटौती गर्ने घोषणा सार्बजनिक गरेको एक हप्ता नबित्दै  मन्त्रिपरिषदले ‘जनयुद्ध दिवस’को अवसरमा बिदा दिएपछि बिभिन्न खाले टिका टिप्पणी सुरु भएको हो ।

मानव अधिकारीकर्मी, कानुनका ज्ञातादेखि विभिन्न राजनीतिक दलका नेताले १ फागुनलाई ‘जनयुद्ध दिबस’ मनाउने सरकारी निर्णय प्रति आपत्ति जनाएका छन् ।