काठमाडौं । नेकपा माओवादी केन्द्रले जनयुद्ध दिवस मनाएको छ ।
पार्टी कार्यालयमा विशेष कार्यक्रमको आयोजना गरी माओवादीले दिवस मनाएको हो । प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहभागी कार्यक्रममा सहिदहरूको तस्बिरमा माल्यार्पण गरिएको छ ।

जनयुद्ध दिवसको अवसरमा सरकारले आज सार्बजनिक बिदा दिएको छ ।
शनिबार बसेको मन्त्रिपरिषदको बैठकले सार्बजिनक बिदा दिने निर्णय गरेको हो । सरकारले जनयुद्ध दिवसको अवसरमा सार्बजनिक बिदा दिएको यो पहिलो पल्ट हो । प्रचण्ड सरकारको नेतृत्व गरेको तेस्रो पटकमा यस्तो सार्बजनिक बिदा दिइएको हो ।

यसअघि नेकपा माओवादी केन्द्रले नेतृत्व गरेको कर्णाली र बाग्मती प्रदेशले पनि जनयुद्ध दिवसको अवसरमा सार्बजिनक बिदा दिन निर्णय गरिसकेका थिए ।

संघीय सरकारले तोकेको बिदा बाहेक प्रदेश सरकारले आफनो प्रदेशमा ६ वटासम्म अलग बिदा दिन पाउने अधिकार छ ।

