काठमाडौं । सरकारले अकास्मात १ फागुनलाई ‘जनयुद्ध दिबस’ मनाउने भन्दै सार्बजनिक बिदा दिए पनि बैंकहरुका अत्यावश्यक सेवा भने सुचारु हुने भएका छन् ।
नेपाल राष्ट्र बैंकले एक सुचना जारी गरी मुलकभरका बैंकहरुलाई अत्यावश्यक सेवा प्रवाह नरोक्न भन्दै सेवाग्राहीको हितमा ध्यानमा राखि बिहान ११ बजे देखि अपरान्ह ३ बजेसम्म बैंक सञ्चालन गर्न निर्देशनसमेत दिएपछि सेवा अबरूद्द नहुने भएको हो ।
‘नगद कारोबार, चेक क्लियरिङ, आरटिजिएसलगायत बैंकिङ सेवा प्रदान गर्न बिहान ११ बजे देखी अपरान्ह १ बजेसम्म बैंक तथा बित्तिय संस्थाका आवाश्यक बिभाग तथा कार्यालय खुला राखी सेवा सुचारु गर्ने ब्यबस्था मिलाउन हुन यो सुचना जारी गरिएको छ,’ राष्ट्र बैंकले जारी गरेको बिज्ञप्तिमा भनिएको छ ।
